Logo

किन सार्वजनिक कार्यक्रममै रोए नेता किम जोङ उन ?



Spread the love

२६ असोज, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले जनतासामू रूँदै माफी मागेका छन् । एक सम्बोधनका बीच कोरोना भाइरसका कारण अपेक्षाकृत निकास दिन नसकेको भन्दै उनले रूँदै जनतासँग माफी मागेका हुन् ।

सत्तारूढ पार्टीको ७५ औँ वर्षको राजनीतिक नेतृत्वको अवसरमा आयोजित सैनिक परेडमा सम्बोभन गर्दा उनका आँखमा आँशू देखिएका हुन् । उनका यी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

विश्वमा किम जोङ उनलाई सबैभन्दा कठोर नेताका रूपमा लिइन्छ । तर, उनका यी तस्बीरहरूले उनीबारे पुनः सोच्न बाध्य बनाएको अन्तर्राष्ट्रिय मिडियाहरूमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्