Logo

डिभिलियर्सको आक्रामक ब्याटिङमा बैंगलोरको सानदार जित



Spread the love

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आइपीएल)मा पाँचौ जित निकालेको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले हराउँदै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहँदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।

बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्