Logo

रिया चक्रवर्तीले छिमेकीविरुद्ध दिएको उजुरीलाई रितेश देशमुखले गरे समर्थन



Spread the love

एजेन्सी। ड्रग्स केसमा पक्राउ परेकी बलिउड नायिका रिया चक्रवर्तीले बम्बे हाईकोर्टबाट गतसाता जमानत पाएकी छन् । रियाले सिबिआईसमक्ष आफ्नी ती छिमेकीविरुद्ध कारवाही गर्न माग गरेकी छिन् जसले मिडियालाई झुटो बयान दिएर केसको दिशा भट्काउने कोसिस गरेकी थिइन् ।

सिबिआईको विशेष समूहकी मुखिया नूपुर शर्मालाई लेखिएको पत्रमा रियाले उनकी छिमेकी डिम्पल थवानीले झुटो बयान दिएको बताएकी भारतीय सञ्चार माध्यमले जनाएको छ । रियाले आफ्नो पत्र वकिल सतिश मानशिन्देमार्फत् सीबीआईलाई दिएकी छिन्

रियाको यो कदममा रितेश देशमुखले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्