२७ असोज, काठमाडौं। कान्तिपुर टेलीभिजनबाट प्रसारण हुँदै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम सञ्चालक महानायक राजेश हमालको अहिले चौतर्फी आलोचना भइरहेको छ । क्रिश्चियन एड नेपाल’को लगानी रहेको कारण हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको र राजेश हमालको बिरोध हुन थालेको हो ।
उक्त कार्यक्रमले आफूहरुको धर्म संस्कृतिको बदनाम गर्न खोजेको र नेपालमा क्रिश्चियन गतिविधि बढेकाे रुपमा लिँदै हिन्दु समुदायका केही व्यक्तिहरुले सामाजिक सञ्जालमा चर्काे विरोध गरेका छन् ।
सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका थिए । साथै, हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्