Logo

तीन बालबालिकासहित २६ जना कोरोनामुक्त भए



Spread the love

२७ असोज, नेपालगञ्ज । बाँकेमा मंगलबार छ बर्ष मुनिका तीन बालबालिकासहित थप २६ जना संक्रमित कोरोनामुक्त घर फर्किएका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगञ्ज १२ का ४ बर्षिय बालिका, नेपालगञ्ज २ का ५ बर्षिय बालक र नेपालगञ्ज १० का ६ बर्षिय एक बालकसहित १३ महिला र १३ पुरुष गरी २६ जना संक्रमित कोरोनामुक्त भई घर फर्किएका हुन् ।

उनिहरुलाई असोज १३ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखिएको थियो । श्रेष्ठका अनुसार यसअघि बाँकेबाट सोमवार ९ महिनाकी बालिकासहित ३८ जना संक्रमणमुक्त भएर घर फर्किएका थिए । आइतबार पनि १६ जना निको भएर घर फर्किएका थिए ।

मंगलवार निको भएका २६ जनासंगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ८७३ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ५६२ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्