Logo

कर्णालीका मुख्यमन्त्री शाहीले आफ्नै बिरोधी कुर्मराज शाहीलाई बनाए सचेतक



Spread the love

२७ असोज, काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।

कालीकोटका प्रदेशसभा सदस्य शाहीले गत आइतबार मुख्यमन्त्री तथा दलका नेता महेन्द्र शाहीविरुद्ध हस्ताक्षर गरेका थिए ।

साथै, शाहीमाथिको राजनीतिक संकट पनि तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको दूत बनेर गएका केन्द्रीय सदस्य नीरज आचार्यले अविश्वास प्रस्तावको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्