Logo

‘तेरी मेरी कहानी’ गीत गएर रातारात चर्चामा आएकी गायिका पुरानै जीवनमा फर्कन बाध्य !



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् ।

उनको जीवनमा एकै दिन धेरै परिवर्तन आयो । सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो तर धेरै टिक्न सकेन् ।

तर अब लाग्छ, उनको अवाजलाई मानिसहरुलदे चिन्नै छाडेका छन् । सन् २०१९ नोबेमबरमा हिमेश रेशमियासँग रानुले गीत रेकर्ड तेरी मेरी कहानी उक्त गीतसुपर हिट भएको थियो ।

गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्केकी छन् ।

विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसको प्रत्यक्ष असर मण्डल पार्न थालेको छ । योसँगै चुलिएको रानुको चर्चा अब सेलाएको छ । उनले अहिले मुम्बईमा कुनै काम पाएकी छैन ।एक महिना यता उनी पहिलाकै अवस्थामा आएकी छन् । आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै गरेको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्