Logo

कोरोना संक्रमण बढेसंगै बेलायतमा पुनः लकडाउन



Spread the love

एजेन्सी । कोरोना संक्रमण बढेसँगै बेलायतले मध्यम, उच्च र अति उच्च जोखिम क्षेत्रमा लकडाउन गरेको छ । सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जोखिमको आधारमा तहगत लकडाउन गर्ने निर्णय गरेका हुन् ।

जोन्सनले बेलायतको लकडाउनलाई ‘सरलीकरण र विशिष्टीकृत’ गराउनका लागि नयाँ योजना ल्याइएको बताएका छन् । उनले अहिले बेलायत सबैभन्दा महत्पवपूर्ण अवस्थामा प्रवेश गरेको पनि उल्लेख गरेका छन् ।

जोन्सनले नयाँ लकडाउन लगाइनुको उद्देश्य मानिसहरुलाई घरमा बन्द नगरी कोरोना नियन्त्रण गर्नु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्