Logo

रोनाल्डोलाई कोरोना संक्रमण



Spread the love

काठमाडौं । पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको पोर्चुगल फुटबल संघले जनाएको हो ।

कोरोना संक्रमण भएका रोनाल्डो अब १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । पोर्चुगलले नेसन्स लिग अन्तर्गत स्विडेन विरूद्धको खेल रोनाल्डो बिना खेल्नेछ ।

पोर्चुगीज फूटबल संघले मंगलबार एक आधिकारिक विज्ञप्तीमार्फत यसको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्