Logo

सनराइजर्स हैदरावादको पाँचौ हार, चेन्नेईको तेस्रो जित



Spread the love

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले पाँचौ हार ब्यहोरेको छ । गएराति भएको खेलमा हैदरावाद चेन्नेई सुपर किंग्ससँग २० रनले हराउँदै तेस्रो जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ थालेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६७ रन बनायो । चेन्नईका लागि ओपनिङ गरेका साम कुरानले २१ बलमा ३१ रन जोडे। अर्का ओपनर फाप डु प्लेसिस भने शून्यमा आउट भए। सेन वाट्सनले ४२ रन र अम्बाती रायदुले ४१ रन बटुले। रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन जोडे।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा १४७ रनमा रोकियो । यो जितसँगै चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्