Logo

स्पेनको अपराजित यात्रामा पूर्णविराम, स्विजरल्यान्ड र जर्मनीको रोमाञ्‍चक बराबरी



Spread the love

एजेन्सी। जर्मनीले पछाडि परेको स्थितिलाई पुनरागमन गर्दै यूईएफए नेसन्स लिग समूह चरणमा स्विजरल्यान्डलाई बराबरीमा रोकेको छ । गएराती भएको खेलमा जर्मनीले स्विजरल्यान्डलाई ३–३ को बराबरीमा रोक्न सफल भएको हो।

खेलको पाँचौँ मिनेटमा जर्मनी १–० ले पछि परेको थियो। २७औं मिनेटमा २–० ले पछि परेको स्थितिमा जर्मनीका टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई २–१ को अवस्थामा ल्याए। काई हार्भटजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

मारियो गाभारानोभिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्विट्जरल्यान्ड ३–२ को अग्रता लिन सफल भएकाे हाे। ६०औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए।

त्यस्तै, स्पेन दुई वर्षपछि पहिलोपटक पराजित भएको छ। यूईएफए नेसन्स लिगमा युक्रेन भ्रमणमा निस्केको स्पेन १-० ले पराजित भएको हो। किभको ओलम्पिक रंगशालाम भएको खेलमा युक्रेनका लागि भिक्टोर सिनगनकोभले ७६ औं मिनेटमा निर्णायक गोल गरे । सन् २०१० को विश्वकप विजेता स्पेनविरुद्ध युक्रेनको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्