Logo

नेयमारको ह्याट्रिकमा ब्राजिलको फराकिलो जित



Spread the love

एजेन्सी । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४–२ गोल अन्तरको सानदार जित हात पारेको हो।

छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट पेरुले अग्रता बनायो । २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा फर्काए । ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अग्रता दिलाए । त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए। खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको जितको आधार तयार गरेका थिए ।

१० खेलाडीमा सिमिति पेरुमाथि दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई फराकिलो जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्