Logo

एप्पलले सार्बजनिक गर्यो दुई लाख बढी मूल्यको आइफोन-१२



Spread the love

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन-१२ का चार मोडल गएराति भर्चुअल माध्यमवाट सार्वजनिक गरेको छ । एप्पलले आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन-१२ का मोबाइलहरु फाइभ जि नेटवर्क युक्त छन् । एप्पलका नयाँ आइफोन ६४, १ सय २८ र २ सय ५६ जिबी स्टोरेज क्षमतामा छन् ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्