Logo

कोरोना संक्रमण बढ्न थालेपछि युरोपमा फेरि लकडाउन गरिदै



Spread the love

एजेन्सी। कोरोना संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा फैलिएपछि लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो ।

फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोनले बुधवार थप कडिकडाउ घोषणा गर्ने तयारी गरेका छन् । पेरिस लगायत संक्रमण धेरै देखिएका ठाउँमा रात्रिकालीन कर्फ्यु हुनसक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् ।

चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि तीन हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले आगामी चार साताका निम्ति आंशिक लकडाउन घोषणा गरेका छन् ।

रुसमा दैनिक चौध हजारमा संक्रमण देखिएपनि राष्ट्रव्यापी लकडाउन भने नगर्ने जनाएको छ । जर्मनी तथा बेलायतमा पनि संक्रमण बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्