Logo

मोटरसाइकल चलाउँदै हुनुहुन्छ भने यी ५ कुरामा जानकारी राखौं !



Spread the love

एजेन्सी । नेपालमा करिब ४० लाख बढीले मोटरसाइकल चढ्ने गरेका छन् । मोटरसाइकल चलाउने चालकले त्यसको पाटर्सका विषयमा जानकारी राख्नु अत्यन्तै आवश्यक छ। मोटरसाइकलमा रहेका ब्रेक, क्लच, चेन स्पोर्केट, टायर लगायतका पार्टस्मा विशेष ध्यान दिनु पर्छ ।
व्याट्री
व्याट्रीलाई कम्तीमा महिनामा एक पटक परीक्षण गर्नु पर्छ । व्याट्रीको सहयोग ले नै मोटरसाइकलको कन्सोलले काम गर्ने, इलेक्ट्रीक स्टार्ट गर्ने जस्ता काम गर्ने हुँदा व्याट्रीलाई दुरुस्त राख्नु पर्ने हुन्छ ।
ब्रेकिङ सिस्टम
ब्रेक मोटरसाइकलमा हुने सबैभन्दा महत्वपूर्ण पार्टस् हो । यसको सहयोगले नै चालकलाई सकुसल आफ्नो गन्तव्यमा पुग्न सहयोग गर्छ । चालकले आफ्नो मोटरसाइकलको ब्रेक समय समयमा आफैले पनि परिक्षण गर्ने राम्रो हुन्छ ।
इन्धन र मोविल
पेट्रोल हाल्दा निकै सजकता अपनाउनु पर्ने हुन्छ । मोटरसाइकलको मोविलको अवस्था बेलाबखतामा हेर्ने गर्नु पर्छ । यदि मोविल सुकेको वा त्यसमा हुने चिल्लो पदार्थ हराएको अवस्थामा इन्जिन नै सिज हुन सक्ने खतरा रहन्छ ।
टायर
बाहिरी आँखाले टायरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । लामो यात्रामा निस्कीएको समयमा टायर निरिक्षण गरेर हिड्ने गर्नु पर्छ । यदि टायरमा राम्रो ग्रिप छैन भने त्यसलाई तत्कालै परिवर्तन गर्नु पर्छ ।
चेन
दुई वटा स्पोर्केटलाई जोडेर इन्जिन घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको महत्वपूर्ण पार्टस् हो । बेला बेलामा मोटरसाइकलको चेन परिक्षण गर्ने गर्नु पर्छ । यसरी परिक्षण गर्दा बीच बाटोमा पाउन सकिने सम्भावित दुःखबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्