Logo

दिल्ली क्यापिटल्स भर्सेस राजस्थान रोयल्स, प्लेइङ ११ मा सन्दिपको सम्भावना कति?



Spread the love

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । आज ७ः४५ बजे दुबईमा हुने खेलमा दुबै टीम खेल जित्ने मनशायका साथ मैदान उत्रिँदै छन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्ली छैठौँ जित हात पार्दै शीर्ष स्थानमा पुग्ने दाउमा छ । स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ । दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ ।

प्लेइङ ११ मा सन्दिपको सम्भावना कति?
यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो । बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्