Logo

प्रदेश नं २ : यस्तो छ कोरोनाको पछिल्लो अवस्था



Spread the love

२८ असोज, धनुषा । प्रदेश नं २ मा १०० जना कोरोना संक्रमित थपिएका छन् । नापी कार्यालय धनुषाका २९ कर्मचारी सहित त्यहाँ थप १०० जनामा कोरोाना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका १०० जनामध्ये १८ जना महिला रहेका छन् । गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका सहित २ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय २१ पुगेको छ । बुधबार धनुषा जिल्लामा सबैभन्दा धेरै ४५ जनामा कोरोना पुष्टि भएको छ ।

१०० जना कोरोना संक्रमित थपिएको उक्त प्रदेशमा २ सय २ जनाले एकैदिन कोरोना जितेका छन् । त्यस्तै प्रदेश नम्बर २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्