Logo

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्स उक्लियो पुनः शिर्षस्थानमा



Spread the love

एजेन्सी। राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आइपीएल)को पुनः शिर्षस्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो।

दिल्लीले दिएको १६१ रनको चुनौतीपूर्ण लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनाउँन सक्यो।

राजस्थानका बेन स्टोक्सले सर्बाधिक ४१ रन जोडे। उनले ३५ बलमा ६ चौका प्रहार गरे। यस्तै सन्जु सामसनले १८ बलमा २५ र रोविन उथाप्पाले २७ बलमा ३२ रन जोडे।

बलिङमा दिल्लीका तुषार देशपान्डे र एनरिच नोर्टजेले समान दुई दुई र कसिगो राबाडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक एक विकेट लिए।

दिल्लीका शिखर धवन(५७) र श्रेयस ऐय्यर(५३)को अर्धशतकीय पारीसँगै यी दुबैले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरे।

राजस्थानका जेफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चिएर ३ तथा जयदेव उनादक्तले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्