Logo

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने? अपनाउनुस् यी उपाय



Spread the love

पछिल्लो समय स्ट्रेस र तनावका कारण मानिसको जीवनमा निकै असर पर्ने गरेको छ। मानिसले आफ्नो दैनिक जीवनलाई जसरी राख्छ आफ्नो स्वास्थ्य पनि त्यस्तै हुन्छ। त्यसैले आफूलाई सकेसम्म स्वस्थ राख्न र रोगको प्रतिरोधी क्षमतालाई बृद्धि गर्नका लागि यस्ता उपाय :
डाइट प्लान
​स्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ। हाम्रो शरीरको बनावट डाइटमा निर्भर रहन्छ। डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई बृद्धि गर्छ।
राम्रो निन्द्रा
हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरै हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ। मानिस जति सुत्छ, उति नै तनावबाट छुटकारा पाउन सफल हुन्छ।
दैनिक व्यायाम
आफूलाई एक्टिभ र तन्दुरुस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ। व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेसन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्दत गर्छ।
तनावको कमी
हाम्रो शरीरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव। तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ।
हास्ने र हसाउने
आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हाँस्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरीरको प्रतिरोधी क्षमताको बृद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्