Logo

सल्यान श्रीनगर बजार व्यवस्थित कार्य सुरु



Spread the love

सल्यान जिल्लाको प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका १ श्रीनगर बजारलाई व्यवस्थित गर्न विभिन्न सरोकार वाला निकाय हरू लागी परेका छ्न ।

shreenagar-bazar1

वर्षाको समयमा भगवती खोला र सुकेखोलाको जोखिम रहेको श्रीनगर बजारलाई उक्त जोखिम बाट न्यूनीकरण गर्नको लागी शितलपाटी नगर विकास समिति, श्रीनगर बजार ब्यस्थापन समिति , सल्यान रुकुम यातायात व्यावसायी समिति र शारदा नगरपालिका को संयुक्त आयोजनामा बाढीको उच्च जोखिम रहेको क्षेत्र लाई व्यवस्थित गर्न लागिएको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिनुभएको छ ।

shreenagar-bazar2

श्रीनगर बजारमा पर्ने भगवती खोलाले बगाएर ल्याएको ढुङ्गा,माटो,बालुवाले उक्त क्षेत्रको खोला पुरिएर बजारमा पानी पस्ने सम्भावना रहनुका साथै सडकमा गाडी हरू समेत आवतजावत गर्न असहज भएकाले सडक र खोलामा थुप्रीएको ढुङ्गा,बालुवा,माटो उठाएर श्रीनगर बसपार्कमा रहेको खाली चौडको खाडलहरु पुरी व्यवस्थित खेल मैदान तयार गरिएको छ ।

पहिलो चरणको कार्य समापन भए लगतै श्रीनगर बजार क्षेत्रमा पर्ने भित्री लाइन र बोहरा टाउन प्लानका सडकहरु मर्मत गरिने अध्यक्ष बुढाले बताउनु भयो । पहिलो चरणको कार्य सम्पन्न गर्नको लागी टिप्पर उपलब्ध गराउने शारदा नगरपालिकाका कार्यकरी अधिकृत रेमन्त डागी, जे.सी.बि उपलब्ध गराई सहयोग गर्नुहुने सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी रअभियानमा साथ दिनुहुने सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष सुधन श्रेष्ठ लगाएत सबै लाई आगामी दिनमा सहयोगको अपेक्षा गर्दै बजार व्यवस्थापन समितिले धन्यवाद दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्