Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३० असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ६९४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ८३३ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६० हजार भन्दा धेरै संक्रमित थपिदा ८३३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ७३ लाख ६५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६४ लाख ४८ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख १२ हजार १४४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्