Logo

केएल राहुल र क्रिस गेलको उत्कृष्ट ब्याटिङमा किङ्ग्स इलाभेन पञ्जाबको दोस्रो जित



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित हात पारेको छ । गएराति सारजाहमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले हराएको हो।

बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा २ विकेट गुमाएर भेटायो।

पञ्जाबको पारीको सुरुवात भने केएल राहुल र मयंक अग्रवालले गरेका थिए । पहिलो विकेटको रुपमा ७८ रनको साझेदारी भएको थियो । त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए । कप्तान केएल राहुल पनि ६१ रनमा नट आउट रहे ।

बेङ्ग्लाेरका युजबेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो ।

पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्