Logo

मोटिङ चम्कदा बार्यन म्युनिखको शानदार जित



Spread the love

एजेन्सी। बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित निकालेको छ । एलिएन्ज एरिनामा गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले डुरेनमाथि ३–० को जित हात पारेको हो ।

२४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो ।

७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले जित पक्का गर्यो।

प्रतिक्रिया दिनुहोस्