Logo

फ्रान्समा एकैदिन थपिए ३० हजार भन्दा बढीमा कोरोना संक्रमित



Spread the love

एजेन्सी। फ्रान्समा एकैदिन ३० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनले कडा प्रतिबन्धहरु नलगाउने हो भने फ्रान्समा जीवन रक्षा कठिन हुने चेतावनीसमेत दिएको छ ।

फ्रान्ससँगै इटाली, पोल्यान्ड र जर्मनीमा पनि उच्च दरमा संक्रमितको संख्या पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्