Logo

जाडो मौसममा फेरि कोरोनाभाइरस महामारीकै रुपमा फैलने – अध्ययन



Spread the love

एजेन्सी। जाडो मौसममा फेरि एकपटक कोरोनाभाइरस तीव्र गतिमा फैलने बैज्ञानिकहरुले चेतावनी दिएका छन् । न्यानो लेटर्स जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार गर्मीमा एरोसोलका स–साना कणका कारण कोरोना फैलिरहेको थियो भने जाडोमा रेस्पिरेटरी ड्रोप्लेट्सको सीधा सम्पर्कमा आएर पुनः एकपटक कोरोना महामारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

अध्ययनमा भनिएको छ, जाडोमा ‘फिजिकल डिस्ट्यान्सिङ’ ले मात्रै कोरोना रोेकथाम हुन सक्दैन ।’

अध्ययनका लेखक यानिइंग झूले भनेका छन्, ‘हामीले थुप्रै केसहरुमा रेस्पिरेटरी ड्रोप्लेट्स सीडीसीद्वारा बताइएको ६ फिटभन्दा बढी दुरी तय गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्