Logo

महिला भएकै कारण आफ्नो सपना त्याग्नु नहुने बताउँदै महिला उद्यमी



Spread the love

३० असोज, काठमाडौं ।

“आफ्नो सपनालाई त्याग्नु भनेको आफूलाई त्याग्नु हो!”

खाने मुखलाई जुँगाले छेक्दैन भन्नुहुन्छ, एक उद्यमी अनि किसान शर्मिला अधिकारी रावत  र कञ्चनजङ्घा चिया घर र अनुसन्धान केन्द्रकि निर्देशक शान्ता बास्कोटा कोइराला !

हल्ट प्राईज, सुदूरपश्चिम विश्वविद्यालय र IAAS Nepal LC FU-FoA टिकापुरको संयुक्त प्रयास र सहकार्यमा हिजो अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसर पारि आयोजित “Women in Agriculture-Stories from struggle to success” शीर्षकको अनलाइन कार्यक्रम शर्मिला अधिकारी रावत (किसान र उद्यमी) र शान्ता बास्कोटा कोइराला (कञ्चनजङ्घा चिया इस्टेट र अनुसन्धान केन्द्रकी निर्देशक) को आतिथ्ययतामा  उत्साहजनक रुपमा सम्पन्न भयो। मनमा आँट, साहस अनि हिम्मत र आफूमा विश्वास हुने हो भने कुनै पनि कार्यमा सफलता मिल्ने कुरा उहाँहरूको थियो ।

विशेष त महिला भएकै कारण देखिने समस्या र चुनैतिलाई औँल्याउँदै आफ्नो सपना त्याग्न नहुने कुरा कार्यक्रममा बताइएको थियो । ग्रामीण क्षेत्रमा महिलालाई घरको चार ढोका भित्रै बसेर भान्सा र घरपरिवार सम्हाल्नु पर्छ भन्ने मानसिकताले आज कृषि क्षेत्रमा पनि महिला निकै पछाडि छन् सोही विचारलाई हटाउन र पुरुष बराबर महिला पनि गर्छन् भन्ने भनाई पनि उहाँहरूले प्रमाणित गर्नु भएको छ । कार्यक्रममा विभिन्न ठाउँबाट सहाभागीहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित अतिथिहरु शर्मिला अधिकारी रावत र शान्ता बस्कोटाले आफ्ना जीवनका सङ्घर्ष, चुनौती र सफलताका कहानीलाई अत्यन्तै प्रेरणादायी रुपमा प्रस्तुत गर्नु भएको थियो । दुवै जना पाहुनाले आज नगरे कहिले गर्ने र आफूले नगरे कसले गर्ने कुरालाई बडो उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नु भएको थियो । बिचमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले भिडियो देखाई अझै कार्यक्रमलाई अन्तरक्रियामुखी बनाइएको थियो । जसले कार्यक्रममा सुनमा सुगन्ध थपिदिने काम गर्‍यो।

कार्यक्रम हल्ट प्राईज सु.प. बिश्वबिद्धालयका क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकी र IAAS Nepal LC FU-FoA, Tikapur को Local Director मुना थापाको closing Speech बाट कार्यक्रम अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्