Logo

इरानी युवतीसँग जोन सिनाले विवाह गरे



Spread the love

३० असोज, एजेन्सी । इरानी युवतीसँग डब्लुडब्लुइका सुपर स्टार जोन सिनाले विवाह गरेका छन् । अमेरिकाको फ्लोरिडामा सेनाले इरानी युवती शाइ शारियाट्जेदसँग विवाह गरेका हुन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनीहरू २०१९ को सुरूवात देखि नै एक आपसमा नजिकिएका थिए ।

जोन सेनाको यो दोश्रो विवाह हो । यसभन्दा अघि २०१८ मा जोन सिना र निक्की बेलाको सम्बन्ध बिच्छेद भएको थियो ।

जोन सिना र शाइ शारियाट्जेदको अक्टोबर १२ तारिखमा विवाह भएको हो । कोरोना भाइरसको महामारीका कारण उनीहरूले सामान्य रूपमा विवाह सम्पन्न गरेको बताइएको छ ।

जोन सिना र शाइ शारियाट्जेदको फिल्म अभिनयको क्रममा भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्