Logo

मृत्यु हुनुभन्दा अघि ‘अब स्यालरी दिन पाउनेछैन’ भन्दै कर्मचारीको तलब दिएका थिए सुशान्तले



Spread the love

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन । तथापि अनुसन्धानले दिनदिनै नयाँ मोड लिइसरहेको छ ।

यसै बीच सुशान्तले आफ्ना स्टाफहरूलाई तलब दिएको र सो क्रममा अबबाट दिन नपाउने भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीको स्रोतलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले सुशान्तले मृत्युको ३ दिन अघि सबैलाई स्यालरी दिएको जनाएको छ । सोही क्रममा उनले अबबाट स्यालरी दिन नपाउने समेत भनेको हिन्दुस्तान टाइम्स्मा उल्लेख गरिएको छ ।

मुम्बइको अपार्टमेन्टमा मृत भेटिएका सुशान्तलाई कसैले आत्महत्या गरेको बताएका छन् भने कसैले उनको हत्या भएको समेत आशंका गरेका छन् ।

सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान कै क्रममा बलिउडमा ड्रग्स काण्डको पनि खुलासा भएको छ । यो काण्डमा नामी कलाकार समेत मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्