Logo

कोलकतालाई हराउँदै मुम्बई उक्लियो शीर्ष स्थानमा



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग(आइपीएल) मा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा कोलकता नाइटराइडर्समाथि ८ विकेटको जित निकालेको हो।

अबुधाबीमा भएको खेलमा कोलकताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्‍यो।

मुम्बईको जितमा ओपनिङ ब्याट्सम्यान क्वान्टन डी ककले नटआउट ७८ रन जोडे। ओपनर तथा कप्तान रोहित शर्माले ३५ रन जोडे भने सूर्यकुमार यादव १० रनमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले ५ विकेटको क्षतिमा १४८ रन जोड्यो। कोलकताका लागि पाट कमिङ्ग्सले नटआउट ५३ रन जोडे। कप्तान इयान मोर्गानले नटआउट ३९ रन जोडे।

जितसँगै मुम्बईले ८ खेलबाट १२ अंक जोडेको छ। समान खेलबाट समान अंक जोडेको दिल्ली रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्