Logo

एम्बापेको २ गोलको मदतमा पीएसजी विजयी



Spread the love

एजेन्सी। फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। स्टेड डेस कोस्टिअर्समा भएको खेलमा पीएसजीले घरेलु टोलि निम्समाथि ४-० को सहज जित निकालेको हो।

खेलको १२ औ मिनेट मै निम्सका लोइक लान्द्रे रेड कार्ड खादै बाहिरिए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। खेलको ३२ औ मिनेटमा एम्बापेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।

फ्लोरेन्जीले खेलको ७७ औ मिनेटमा गोल गर्दा ८३ औ मिनेटमा एम्बापेले अर्को गोल थपे। त्यस्तै ८८ औ मिनेटमा सरबियाले गोल गर्दा पीएसजीले ले ४-० को सहज जित निकालेको हो।

जितसंगै ७ खेलबाट १५ अंक जोडेको पीएसजी अंकतालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ।

प्रतिक्रिया दिनुहोस्