Logo

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



Spread the love

१ कार्तिक, काठमाडौं। नेपालमा कोभिड-१९ संक्रमणबाट थप ३ जनाको ज्यान गएको छ ।

चितवनमा एकजना वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । खैरहनी नगरपालिका १२ का वडा सदस्य बद्री बहादुर पान्डेको गएराति मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । ४९ वर्षीय पान्डे क्यान्सरबाट समेत ग्रसित थिए ।

त्यस्तै, भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका १८ कारकाँदोकी १८ वर्षीषा युवतीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्