Logo

नवरात्रमा दुर्गामातालाई यसरी प्रसन्न बनाऊ !



Spread the love

एजेन्सी। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ ।

नवरात्रिमा पूजाआरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । दर्गा देवीलाई प्रसन्न गराउन यी चिजहरु आवश्यकता पर्दछ ।
रातो रंग
दुर्गाको पूजाका लागि रातो रंग निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले घटस्थापना र माता स्थापना गर्नका लागि रातो रंगको कपडाले सजाउने गरिन्छ ।
रातो पछ्यौरा
परम्पराअनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रुंगारको सामाग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।
दीप प्रज्वलन
नवरात्रिमा दीप प्रज्वलन हुनु विशेष महत्त्व रहन्छ । अखण्ड ज्योतिबाट घरलाई सकारात्मक उर्जा प्राप्त हुन्छ । र नकारात्मक उर्जा नाश हुन्छ ।

प्रतिक्रिया दिनुहोस्