Logo

नेपाली पक्षबाट सीमा यकिनमा कमजोरी भएको चीनको दाबी



Spread the love

१ कार्तिक, काठमाडौं। हुम्लामा चीनले नेपालको भूमि नमिचेको दाबी गरेको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा सो भूमि चीनकै रहेको दाबी गरेका हुन् ।

नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको दाबी चिनियाँ अधिकारीको छ । चीनले गत मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गबरेको दाबी गरेका छन् ।

नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने समेत चीनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्