Logo

बेहोस भेटिएका बिमा कम्पनीका म्यानेजरको उपचारका क्रममा मृत्यु



Spread the love

१ कार्तिक, महेन्द्रनगर । कञ्चनुरमा कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक बिमा कम्पनीको म्यानेजरको मृत्यु भएको छ। 

रिलायन्स इन्स्योरेन्स महेन्द्रनगरका म्यानेजर गणेश साउँद शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका थिए । कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो ।

उनलाई उपचारका लागि कार्यालयका कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएका थिए। स्थायी ठेगाना बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्दै आएका थिए।

बैतडीको सुर्नया गाउँपालिका घर भएका ३५ वर्षीय साउँदको उपचारकै क्रममा शुक्रबार बेलुकी मृत्यु भएको हो ।

घटनास्थल नजिकैबाट सल्फासको बोतल फेला परेको प्रहरीले जनाएको छ। ‘वान्ता गरेको र बेहोस भएर ढलेको अवस्थामा फेला परेपछि उपचारका लागि धनगढी ल्याएको भए पनि उनको अवस्था बिग्रिएपछि मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भने। 

प्रतिक्रिया दिनुहोस्