Logo

काठमाडौं उपत्यकाका थप १७४६ जनामा संक्रमण पुष्टि, १८०० ले जिते कोरोना



Spread the love

१ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८६७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १८०० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ८९८४० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्