Logo

ढुङ्गाले हानेर साथीको हत्या गरियो



Spread the love

१ कार्तिक, प्युठान। प्युठानमा आफ्नै साथीको ढुंगाले हानेर हत्या गरिएको छ । स्वर्गद्धारी नगरपालिका वडा नम्वर पाँच सारीमा ३५ वर्षीय बिर बहादुर परियालाई ६० वर्षिय चोचे कामीले बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाईते भएका परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको बताइएको छ ।

ढुंगा प्रहार गरी हत्या गर्ने चोचे कामीलाई प्युठान प्रहरीले नियन्तणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक पोषण राज ढकालले सल्लेरी खबरलाई बताए ।

मदिरा सेवनका कारण घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्