Logo

गुल्मीमा आत्महत्याले भयावह रुप लिँदै, २ महिनामा २४ जनाले गरे आमहत्या



Spread the love

१ कार्तिक, गुल्मी । गुल्मीमा आत्महत्याले थप भयावह रुप लिँदै जान थालेको । यस आर्थिक वर्षको साउनमा ११ जनाले आत्महत्या गरेका छन् । जसमा चार महिला र पाँच पुरुष र दुई बालबालिकाले आत्महत्या गरेका छन् । त्यस्तै भदौमा दुइ महिला र ९ जना पुरुष र दुई बालबालिका गरी १३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अघिल्ला वर्षमा प्रत्येक महिना ६ जना भन्दा बढीले आत्महत्या गर्ने गरेको देखिए तापनि यस आर्थिक वर्षमा भने सुरुवाती दुई महिनामा २४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मी तथा लुम्बिनी प्रदेश प्रहरीले आत्महत्या न्युनीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि आत्महत्या न्युनीकरणका प्रयास सफल हुन सकेका छैनन् ।

गुल्मीमा १३ वर्षका बालबालिकादेखि ७७ वर्षका वृद्धले समेत आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पारिवारिक बिमेल,आर्थिक विपन्नता तथा मानिसक तनावका कारण आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले जनाएको छ । गुल्मीमा अघिल्लो आर्थिक वर्षमा ८१ जनाले आत्महत्या गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्