Logo

बङ्गलादेशका ७८.०५ कोरोना संक्रमितले जिते कोरोना



Spread the love

१ कार्तिक, ढाका । बङ्गलादेशमा कोभिड–१९ संक्रमितमध्ये ७८.०५ व्यक्ति संक्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुश्लिम बहुल यो मुलुकमा संक्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ ।

महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ ।

शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ संक्रमित भएका छन् भने पाँच हजार ६४६ संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्