Logo

आज ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजार२ सय २५ ले घटेको छ ।

२४ घण्टा यता ३ हजार १ सय ६७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौ १४५१ जना, ललितपुरका १५२, भक्तपुरका १४३, रुपन्देहीका २०२ जना, सुनसरीका १६३, मोरङका १४९, मकवानपुरका ११९, बर्दिया र सुर्खेतका ५६/५६ जना, झापाका ५५, कास्कीका ५४, कैलालीका ४७, बाँकेका ३३, दाङका ३०, दैलेखका २९, अर्घाखाँचीका २७, रौतहटका २६, पर्साका २४, काभ्रेका २१, धादिङका २०, धनुषाका १९, नुवाकोटका १८ र बारा, पाल्पा र बझाङका १७/१७, गोरखा र जुम्लाका १५/१५ जना, सिन्धुपाल्चोकका १४, नवलपुरका १३, सल्यानका १२, कपिलवस्तुका ११, सप्तरीका ९, सर्लाही, सिराहा, कालीकोट र कञ्चनपुरका ८/८ जना, इलामका ७, महोत्तरी, दोलखा, तनहुँ, अछाम, डडेलधुरा र बैतडीका ६/६ जना, सिन्धुली, स्याङ्जा र दार्चुलाका ५/५ जना, रुकुम पश्चिमका ४, खोटाङ, रामेछाप, नवलपुर, म्यादी, बाग्लुङ र गुल्मीका ३/३ जना, ओखलढुंगा, लमजुङ र जाजरकोटका २/२ जना तथा उपयपुर, चितवन, रोल्पा, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको छ भने ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्