Logo

बामदेव गाैतमको वरीपरी पुग्यो कोरोना



Spread the love

१ कार्तिक, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गाैतमको वरिपरी कोरोना पुगेको छ । शनिबार गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले दिएको जानकारी अनुसार गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको ।

उनका अनुसार गौतम, उनको परिवार र सचिवालयका सदस्यहरुमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्