Logo

कृत्रिम गर्भाधानबाट पहिलोपटक जन्मियो शिशु



Spread the love

१ कार्तिक, चितवन । चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो ।

अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।

डा ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गरिन् ।

प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, डा आशुदीप शर्मा, प्रा डा गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता मिलेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्