Logo

नवरात्रको दोस्रो दिन- यसरी ब्रह्मचारिणीलाई प्रशन्न पार्न सकिन्छ



Spread the love

आज नवरात्रको दोस्रो दिन अर्थात माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने दिन । नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।

ब्रह्मचारिणीको अर्थ हुन्छ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ । तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमा भन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।

देवी भागवत पुराणका अनुसार हिमालयकी पुत्री पार्वतीले देवर्षि नारदको सल्लाह अनुसार भगवान शिव पति पाउँ भनी ब्रह्माको कठोर ब्रत बसेकी थिईन् । जसबाट प्रसन्न भएर ब्रह्माले उनलाई मागेको वरदान दिएका थिए । जसको फलस्वरुप यी देवी भगवान भोलेनाथकी वामिनी अर्थात् पत्नी भएकी थिईन् ।

धार्मिक मूल्य मान्यता अनुसार ब्रह्मचारिणीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन । ब्रह्मचारिणी देवीको पूजा गर्ने विधि:

ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दहि, शख्खर, घिऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।
“ब्रह्मचारिणी स्रोत पाठ”

तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्॥
शंकरप्रिया त्वंहि भुक्ति(मुक्ति दायिनी।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम्॥
ब्रह्मचारिणी मन्त्र :

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।

देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

प्रतिक्रिया दिनुहोस्