Logo

कैलालीमा गस्तीमा खटिएका असईको हत्या, हबल्दार सम्पर्कविहीन



Spread the love

२ कात्तिक, काठमाडौं । तस्कर समुहले कैलालीकाे जुगेडास्थित अस्थायी प्रहरी चाैकीका एक प्रहरीको हत्या गरेका छन् भने एक प्रहरी अझै बेपत्ता छन् ।

गएरातिदेखि मोटरसाइकल चढेर सीमा क्षेत्रका गस्तीमा गएका असई गोविन्दबहादुर विकको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेका छन्।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।।

प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिबेला घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्