Logo

विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २८३



Spread the love

२ कार्तिक, काठमाडौँ । विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय ८३ पुगेको छ । विभिन्न १९ मुलुकमा रहेका नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

इजरायलमा यो साता थप एक जना नेपालीको मृत्यु भएको छ । त्यस्तै, भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका थप नेपालीहरुमा संक्रमण देखिएको छ ।

शनिवारसम्म ४२ देशका ४२ हजार १ सय जना नेपालीमा संक्रमित भएका छन् भने तीमध्य ३८ हजार ६ सय ४६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्