Logo

कोरोना संक्रमितका लागि हाइड्रोक्सीक्लोरोक्वीन प्रभावकारी छैन – डब्लूएचओ



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीनसहित चार औषधि प्रभावकारी नदेखिएको बताएको छ । डब्लूएचओले सोलिडारिटी ट्रायलका दौरन चार विशेष औषधी कोरोनाको उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो ।

जसमा रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वीन, अटो इम्यून ड्रग इन्टरफेरान र एचआईभीको औषधीको संयोजन लोपिनावीर र रिटोनावीर थिए । ३० राष्ट्रका ५ सय अस्पतालमा ११ हजार २६६ वयस्क बिरामीलमाथि यी चार औषधीको परीक्षण गरिएको थियो ।

डब्लूएचओको अध्ययनमा यी औषधीहरु बिरामीको ज्यान बचाउन र संक्रमणको दिन कम गर्नमा प्रभावकारी नदेखिएको हो ।

प्रतिक्रिया दिनुहोस्