Logo

कोरोना संक्रमणबाट ८६ बर्षीय बृद्धको मुत्यु, परिवारका अन्य तीनजनालाई संक्रमण



Spread the love

२ कार्तिक, विराटनगर । आइतबार विराटनगर नोबेल शिक्षण अस्पतालमा उपचारक्रममा एक जनाको मुत्यु भएको छ ।

विराटनगर महानगरपालिका ७ का ८६ वर्षीय बृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

कोशी अस्पतालको प्रयोगशालाका नुसार मृतकका परिवारका अन्य ३ सदस्यमा समेत कोभिड संक्रमण पुष्टि भएको छ। उनीहरु होम क्वारेन्टिनमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्