Logo

प्रदेश–२ सरकारले असई र इन्सपेक्टर पदका लागि भर्ना खाेल्दै



Spread the love

२ कार्तिक,जनकपुर । प्रहरीमा भर्ना लिनका लागि प्रदेश–२ सरकारले आन्तरिक तयारी थालेको छ । प्रदेश प्रहरी ऐन पारित भएको करिब डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने तयारी सुरु गरेको हाे।

आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै छठ पर्व सम्पन्न भएलगत्तै प्रहरीमा भर्नाका लागि आवेदन आह्वान गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्