Logo

जनर्दन शर्मा भन्छन्, ‘सांसदको दशैं भत्ताले भेन्टिलेटर किनौं’



Spread the love

२ कार्तिक, काठमाडौँ। नेकपा स्थायी कमिटी सदस्य जनर्दन शर्माले आफ्नो खातामा आएको रकम कालिकोटका पूर्व लडाकुलाई दिने बताएका छन् ।

आइतबार ट्वीटरमा सन्देश लेख्दै शर्माले महामारीको समयमा सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने उल्लेख गरे ।

उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्