Logo

असई मृत्यु प्रकरण – हत्या गरी नदीमा फालेको प्रहरीकाे निष्कर्ष



Spread the love

२ कार्तिक, कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–९ को खगाउँ घर भएका असई गोविन्दबहादुर विकको हत्या धारिलो हतियार प्रहारबाट भएको प्रहरीले निष्कर्ष निकालेको छ।

असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ। उनी आइतबार बिहान नेपाल–भारत सीमा हुँदै बग्ने मोहना नदीमा मृत फेला परेका थिए।

घटनास्थलमा उखु खेती छ। रगतका छिटाहरू उछिटिएका छन्। हत्यापछि घिसार्दै नदीमा शव फालेको हुन सक्ने ‘क्रिमिनल सीन’ को आधारमा प्रहरीको निष्कर्ष छ।

हालसम्म हवल्दार साउँदको अवस्था अज्ञात छ। घटनामा कसको संलग्नता रह्यो भन्ने पनि खुली नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्