Logo

बडादशैँको तेस्रो दिन, किन गरिन्छ चन्द्रघण्टा देवीको पूजा आराधना ?



Spread the love

३ कार्तिक, काठमाडाैँ । नेपालीहरुको महान चाड बडादशैँको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिदै छ ।


नवरात्रको तेस्रो दिन दुर्गा भवानीका नौ रुपमध्ये चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने प्रचलन छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइन्छ ।

भयनाश, दुष्ट प्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने विश्वास समेत गरिन्छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गरिन्छ । त्यसैगरी छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्